गर्भवती र सुत्केरीले घरबाटै सेवा लिन सक्ने

काठमाडौँ, वैशाख १० । गोरखा घर भई काठमाडाँैं बस्दै आउनुभएका २७ वर्षीया नाना थापाले अस्पताल जान नपाएपछि यसअघि देखाएको कार्डमा रहेको फोनमा सम्पर्क गरेर सेवा लिनुभएको छ । थापाथलीस्थित परोपकार तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)बाट सेवा लिइरहनुभएको उहाँको यो दोस्रो गर्भ हो ।

अहिले छ महिना भइसकेको छ र कुनै समस्या नभएकाले फोनमा चिकित्सकले दिएको सल्लाहअनुसार नै खाना खाने र व्यायाम गर्दै आउनुभएको छ । यस्तै नुवाकोट घर भई काठमाडाँैंमा बस्दै आउनुभएकी कला तामाङको पनि दोस्रो गर्भ पाँच महिनाको छ । उहाँले समस्या भएमा कहाँ र कसरी सेवा लिनेबारे जानकारी राखेको पाइएन । प्रसूति गृहले बन्दाबन्दी ९लकडाउन०का कारण अस्पतालसम्म आउन नसक्नेलाई घरमै बसेर सेवा उपलब्ध गराउन थालेपछि थापाजस्ता धेरैले यसको फाइदा लिइरहनुभएको छ ।

अस्पतालका निर्देशक डा। जगेश्वर गौतमका अनुसार कोरोना सङ्क्रमण नहोस् भन्ने उद्देश्यले अस्पतालको बहिरङ्ग सेवा बन्दाबन्दीको अवधिभर बन्द गरिएको छ । यसबेला अस्पतालमा गर्भवती अवस्थाबारे जाँच गराइरहेका गर्भवतीका लागि टेलिफोन नं। ४२६०४०५ मा सम्पर्क गरी डाक्टरसँग सल्लाह लिन सकिने छ ।

अस्पतालका अनुसार बन्दाबन्दीका कारण टाढाबाट प्रसूतिका लागि आउन नसक्दा अस्पतालमा सुत्केरी हुने सङ्ख्यामा कमी आएको छ । सेवा लिन जत्ति आउँछन्, सबैलाई अस्पतालका तर्फबाट उपलब्ध गराउने सुविधा सेवा प्रदान गरिएको छ,’ निर्देशक गौतमले भन्नुभयो । दैनिक ७० देखि ८० जनासम्मले प्रसूति सेवा लिने यस अस्पतालमा कोभिड–१९ बाट उत्पन्न सङ्कटबाट नागरिकलाई बचाउन लागू गरिएको बन्दाबन्दीको अवस्थामा दैनिक सरदर ६० जनाले मात्र सेवा लिइरहेका छन् ।

कति त सङ्क्रमण हुने त्रासले जान डराइरहेका छन् भने कतिले नजिकैका स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीको सेवा लिने गरेका छन् । कतिपयलाई अस्पतालसम्म पुग्न सवारी साधनको पनि समस्या छ । आइरन चक्की र क्याल्सियम खाइरहेका सामान्य अवस्थाका गर्भवतीले आफूलाई कुनै समस्या नभए घरमै बसेर पोषिलो खानेकुरा खाने, हल्का व्यायामका साथै आराम गरेर बस्ने सल्लाह उहाँको छ । त्यसबाहेक पानी वा रगत बग्ने लगायतका आकस्मिक समस्या देखिए तुरुन्त अस्पताल आउन वा डाक्टरसँग फोनमा सल्लाह लिएर डाक्टरको सल्लाह अनुसार समस्याको समाधान निकाल्न उहाँ सुझाव दिनुहुन्छ ।

उहाँले विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारको निर्देशनअनुसार अस्पतालमा हुने भीडलाई कम गर्न ओपीडी सेवा तत्कालका लागि बन्द गरिएको बताउनुभयो । निर्देशक डा। गौतमले गर्भवतीको अवस्था सामान्य सुत्केरी गराउन नसक्ने भएको खण्डमा गाउँबाट पनि एम्बुलेन्समै ल्याएर प्रसूति सेवा लिइरहेको जानकारी दिनुभयो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति उत्थान कार्यक्रमअन्तर्गत बन्दाबन्दीकै अवस्थामा सोलुखुम्बु र मुग जिल्लाबाट गर्भवती महिलाको उद्धार गरी सो अस्पतालमा उपचार गरिएको छ ।गाेरखापत्र दैनिकमा खबर छ।