वामदेव गौतम पाल्पा–१ बाट चुनाव लड्ने

काठमाडौं, बैशाख २१ । नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)को शनिबार बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाइ पाल्पा–१ बाट चुनाव लड्ने चर्चा चलेको छ ।

शनिबार बसेको नेकपा सचिवालय बैठकले गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय गरेको थियो । निर्णयसँगै गौतम पाल्पा–१ बाट चुनाव लड्ने चर्चा शुरु भएको छ।

 

२०७४ सालको आमनिर्वाचनमा उक्त क्षेत्रबाट नेकपाका दलबहादुर रानाले चुनाव जितेका थिए । रानाले राजीनामा दिएर गौतम उपनिर्वाचनमा उम्मेद्वार बन्नेछन् ।

 

आमनिर्वाचनमा तत्कालीन एमाले उम्मेदवार रानाले ३२ हजार ५ सय ४९ मत पाएर विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार विजय घिमिरेले २३ हजार ९ सय ९३ मत पाएका थिए।