डिभिजन प्रमुख र उनकी श्रीमतीको साथबाट ५ लाख ५३ हजार घुससहित पक्राउ

काठमाडौं,साउन ९। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय प्रमुखलाइ ५ लाख ५३ हजार घुससहित प्रमुख पक्राउ गरेको छ।

 

 सुनसरीमा कार्यरत डिभिजन प्रमुख (डिएफओ ) रामबाबु साहलाई घुससहित पक्राउ गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारी जानकारी दिए।

 

 अख्तियारको टोलीले घुस लिएर रौतहट जाँदै गरेको सूचनाको आधारमा उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ।

 

अख्तियारको टोलीले डिभिजन प्रमुख र उनको श्रीमतीको साथबाट स्रोत नखुलेको ५ लाख ५३ हजार नगद फेलापारी सुनसरीबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएकाे छ।