अछामको रामारोशन गाउँपालिकामा बाढीले बगाएका १७ मध्ये ६ जनाको मृत्यु

 अछाम, भदाै ३। अछामको जिल्लाकाे रामारोशन गाउँपालिका–५ मा १७ जना मध्य  ६ जनाकाे शव फेला परेको छ । यो सँगै बढीमा बगेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । अझै पनि १७ जना बेपत्ता छन् । मृतकहरुको सनाखत हुन सकेको छैन ।

 

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी उद्धारमा खटिएका छन् । उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर घटनास्थलतर्फ जाने तयारीमा रहेकाे छ ।

 

४ जनाको लास बान्नीगढी जयगढ गाउपालिका वडा नम्बर ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको स्थानीय देबेन्द्र थापाले बताए । यस्तै २ जनाको लास मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको त्यही स्थलमा खटिएका स्थानीय प्रकाश कुवरले जानकारी दिए ।

 

जनप्रतिनीधी, प्रहरी प्रशासन, स्थानिन उद्धारकर्मिको टोलि यतिबेला सैनिबजारमा उद्धारका लागि गईसकेको रामारोशन गाउपालिकाका अध्यक्ष झँकर बहादुर साउदले बताए।

 

जिल्लाबाट झण्डै ७ घण्टा पैदल हिडेर लाग्ने भएकाले चाडै उद्धारका लागि पहल भईरहेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायको बताएका छन्।