नेपालमा थप ५०२ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप  ३३९ जनामा संक्रमण

काठमाडौं,मंसिर २ । नेपालमा थप ५०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गर्दा ५०२ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा थप  ३३९ जनामा संक्रमण पुष्टि भएकाे छ।

 

याे सँगै कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । त्यस्तै १ लाख ७९ हजार २४२ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ३० हजार ९८६ सक्रिय संक्रमित रहेका छन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा १७ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २४७ पुगेको छ ।