नेपालमा थप १४४२ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकाका थप १ हजार ३८ जना संक्रमित

काठमाडौं,मंसिर ३ । नेपालमा थप १४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७३१ जनामा गरिएको परीक्षणमा १४४२ जनामा संक्रमण पुष्टि भएको हो ।

 

काठमाडौं उपत्यकाका मात्रै १ हजार ३८ जना संक्रमित रहेका छन् । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ८२२, भक्तपुरका ४८ र ललितपुरका १६८ जनामा संक्रमण पुष्टि भएको जानकारी गराएका छन्।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा ३५३८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ८२ हजार ७८० जना संक्रमणमुक्त भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा  १२ संक्रमितको मृत्यु भएको जानकारी दिएको छ ।कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २५९ पुगेको छ ।