नेपालमा थप ७८२ रोनाजनामा संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं । नेपालमा थप ७८२ कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७०६ जनाको परीक्षणमा ४७७ जना पुरुष र ३०५ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

 

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०२९ रहेको छ ।

 

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४१ हजार ३९२ रहेको छ । हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९३१७ रहेको छ ।

 

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म मृत्यु हुनेको संख्या १७६५ रहेको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित

प्रदेश १ को उदयपुरमा १, ओखलढुंगामा १, खोटाङमा १, झापामा ८, ताप्लेजुङमा २, तेह्रथुममा १, मोरङमा १३, संखुवासभामा २ र सुनसरीमा १५ जनामा कोरोना भेटिएको छ।

 

प्रदेश २ को पर्सामा १२, बारामा ५, रौतहटमा २, सप्तरीमा ३, सिरहामा ३ र सर्लाहीमा १ जनामा कोरोना पाइएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र २ सय २ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १४, चितवनमा २०, धादिङमा २, नुवाकोटमा ४, भक्तपुरमा ९, मकवानपुरमा १०, रामेछापमा २ र ललितपुरमा ७६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ५७, तनहुँमा ७, नवलपरासी पूर्वमा ५, पर्वतमा ४, म्याग्दीमा ३, बागलुङमा २ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ४, गुल्मीमा १, दाङमा ८, नवलपरासीमा ८, पाल्पामा १४, प्यूठानमा २, बर्दियामा १५, बाँकेमा ३४ र रुपन्देहीमा ३८ जनामा कोरोना पाइएको छ।

 

कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा १, जुम्लामा ४, डोल्पामा ६, दैलेखमा १, सल्यानमा ३ र सुर्खेतमा ९ जनामा कोरोना भेटिएको छ।

 

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा १४, कञ्चनपुरमा २०, कैलालीमा ६२, डडेल्धुरामा १९, डोटीमा १, दार्चुलामा २, बझाङमा ६ र बाजुरामा १७ जनामा कोरोना भेटिएको छ।