बीपी प्रतिष्ठान धरानका चिकित्सक तोडफोड गरेको आरोपमा पक्राउ

काठमाडौं,पुस १३। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको छात्रावासमा रहेका एक इन्टर्न डाक्टरले बाहिरबाट साथी ल्याएर तोडफोड गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

 

आइतबार राति रोशन यादव र उनका साथी केशव यादवले रक्सी खाई मातेर होस्टल बाहिरका साथीसमेत ल्याई तोडफोड गरेको प्रतिष्ठान होस्टल प्रशासनले जनाएको छ ।

 

घटनालगत्तै उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । प्रहरीका अनुसार मादकपदार्थ सेवन गरेका यादव सप्तरी भारदहका साथी केशवलाई लिएर होस्टल पुगेका थिए ।

सुरक्षाका लागि होस्टलमा राखिएका सुरक्षा गार्डलाई समेत धम्काएर उनीहरु प्रवेश गरेको बताइएको छ । तोडफोडमा संलग्न इन्टर्न यादव पटकपटक कानूनी कारवाहीमा परेका व्यक्ति भएको प्रतिष्ठानले जनाएको छ ।