नेपालमा थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,पुस १४ । नेपालमा थप ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१३५ जनामा गरिएको परीक्षणमा ४३८ पुरुष र २७० जना महिला गरी ७०८ जनामा संक्रमण पुष्टि भएको हो ।

 

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा कोराना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७३१ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ३१२ रहेको छ । सक्रिय संक्रमितको संख्या ६३९६ रहेको छ ।

 

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८४० रहेको मन्त्रालयले जनाएको छ ।

 

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ३२४, ललितपुरमा ५२ र भक्तपुरमा २२ जना संक्रमित भेटिएका छन् । त्यस्तै बाँकेमा ३८, रुपन्देहीमा ३७, कैलालीमा २६, मोरङमा २१, कास्कीमा १९, दाङ र कञ्चनपुरमा १६/१६, चितवन र सुनसरीमा १४/१४, बर्दियामा ११ र पाल्पामा १० जना संक्रमित भेटिएका छन् ।

कुन जिल्लामा कति थपिए संक्रमित

  प्रदेश १ मा ४१ जना कोरोना संक्रमित थपिएका छन् । जसमा उदयपुरमा एकजना, झापाका ४, भोजपुरमा एकजना, मोरङमा २१ र सुनसरीमा १४ जनामा कोरोना संक्रमण देखिएको छ ।

 

यस्तै प्रदेश २ मा३ जनामा कोरोना देखिएको छ । जसमा धनुषाका २ जना र रौतहटका एकजनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बागमती प्रदेशमा ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र ३२४जनामा कोरोना पुष्टि भएको छ । यस्तै काभ्रेमा ७, चितवनमा १४, धादिङमा ६, नुवाकोटमा ७, भक्तपुरमा २२, मकवानपुरमा ७, रामेछापमा एकजना, ललितपुरमा ५२ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा २७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा कास्कीमा १९, गोरखामा एकजना, तनहुँमा एकजना, नवलपरासी पूर्वमा ५ र लमजुङमा एकजनामा कोरोना पुष्टि भएको छ ।

 

लुम्बिनी प्रदेशमा १३२ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये अर्घाखाँचीमा ३, कपिलवस्तुमा ६, गुल्मीमा ४, दाङमा १६, नवलपरासीमा ५, पाल्पामा १०, बर्दियामा ११, बाँकेमा ३८, रुकुम पूर्वमा एकजना, रुपन्देहीमा ३७ र रोल्पामा एकजनामा कोरोना पाइएको छ ।

 

कर्णाली प्रदेशमा ८ जनामा कोरोना संक्रमण देखिएकोमा जाजरकोटका एकजना र सुर्खेतका ७ जना रहेका छन् ।यस्तै, सुदूरपश्चिम प्रदेशमा ५५ जनामा कोरोना संक्रमण देखिएको छ । यो प्रदेशमा अछाममा एकजना, कंचनपुरमा १६, कैलालीमा २६, डडेल्धुरामा ३, बझाङमा ५ र बैतडीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।