यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ,माघ १४।मुलुकका तराई भेगमा आज पनि बाक्लो हुस्सु लागेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

 

आज दिउँसोको मौसम सफा रहे पनि राति प्रदेश न.१ का उच्चपहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

 

काठमाडौंको आज बिहान साढे ६ बजेको मापनमा न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ । बिहान हुस्सु लागेको काठमाडौंको दिउँसोको तापक्रम १९ डिग्री सेल्यिससम्म पुग्ने महाशाखाले जनाएको छ ।

 

महाशाखाले जारी गरेको तीनको मौसम पूर्वानुमान वुलेटिनमा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

 

 आज दिउँसो प्रदेश न. १ तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ ।

 

त्यस्तै आज राति प्रदेश- १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश -१ को उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।