नेपालमा थप १ सय ५७ जना कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,माघ १६। नेपालमा थप १ सय ५७ जना कोरोना संक्रमण पुष्टि भएकाे छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार २२ जना सक्रिय संक्रमित छन्।

 

पछिल्लो २४ घण्टामा ३ हजार २ सय २१ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५७ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ६४ हजार ८१ पुगेको छ।

 

शुक्रबार थप ५ जनाको मृत्यु भएको छ। यो सँगै कुल संक्रमित मृतकको संख्या २ हजार २५ पुगेको छ। हाल १ सय ११ जना क्वारेन्टाइनमा छन्।

 

पछिल्लो २४ घण्टामा ३ सय ३३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ।

 

यस्तै, देशभर हाल १ सय ७४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ४७ जना आइसियु र २७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कुन जिल्लामा कति थपिए संक्रमित

प्रदेश १ को उदयपुरमा १, झापामा २, पाँचथरमा १ र सुनसरीमा १ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को धुनषामा २, पर्सामा १, बारामा २ र सर्लाहीमा १ जनामा कोरोना भेटिएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र ६३ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १, चितवनमा २, दोलखामा २, धादिङमा १, नुवाकोटमा ३, भक्तपुरमा ५, ललितपुरमा १४ र सिन्धुलीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २०, तनहुँमा ३, पर्वतमा १, म्याग्दीमा ४, लमजुङमा २, बागलुङमा ३ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको कपिलवस्तुमा १, गुल्मीमा ४, दाङमा १, पाल्पामा १, बाँकेमा १, बर्दियामा ३ र रुपन्देहीमा ४ जनामा कोरोना पाइएको छ।

 

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको जाजरकोटमा १ जनामा मात्र कोरोना भेटिएको छ। सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १, कैलालीमा १ र बतैडीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।