नेपालमा थप १ सय १९ जना कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,माघ २५। नेपालमा थप १ सय १९ जना कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ८ सय १५ जना सक्रिय संक्रमित छन्।

 

पछिल्लो २४ घण्टामा २ हजार २ सय ५१ जनाको पिसिआर परीक्षण गर्दा १ सय १९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ९३ हजार ४ सय १७ पुगेको छ।

 

पछिल्लो २४ घण्टामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ३८ पुगेको छ। हाल ९२ जना क्वारेन्टाइनमा छन्।

 

पछिल्लो २४ घण्टामा २ सय ६० जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ७२ पुगेको मन्त्रालयले जनाएको छ।

 

यस्तै, देशभर हाल ६७ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ५६ जना आइसियु र ११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कुन जिल्लामा कति थपिए संक्रमित

प्रदेश १ को धनुषामा एक जनामा मात्र कोरोना भेटिएको छ। प्रदेश २ को कुनै पनि जिल्लामा संक्रमित भेटिएको छैन। बागमती प्रदेशको काठमाडौंमा मात्र ४३ जनामा कोरोना पुष्टि भएको छ।

 

काभ्रेमा ३, चितवनमा ७, धादिङमा १, नुवाकोटमा २, भक्तपुरमा ४, ललितपुरमा ८ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १९, गोरखामा ३, तनहुँमा ४, पर्वतमा १, म्याग्दीमा ३ र लमजुङमा ६ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, दाङमा ३, नवलपरासीमा १, पाल्पामा २ र बाँकेमा ५ जनामा कोरोना पाइएको छ।
पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित भेटिएको छैन। सुदूरपश्चिम प्रदेशको कैलालीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।