नेपालमा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि,थप ३ जनाको मृत्यु

काठमाडौं,फागुन ६। नेपालमा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार १ सय ६६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ६ सय ३ जना सक्रिय संक्रमित छन्।

 

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ४१ जनाको पिसिआर परीक्षण गर्दा ९६ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ३१ हजार ३ सय ३० पुगेको छ।

 

पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ५८ जना पुगेको छ। हाल ७१ जना क्वारेन्टाइनमा छन्।

 

पछिल्लो २४ घण्टामा १ सय ११ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ५ सय ५ पुगेको मन्त्रालयले जनाएको छ।