देशभक्त जनगणतान्त्रिक मोर्चा,नेपालका अध्यक्ष सीपी गजुरेलव्दारा प्रा.माणिकलाल श्रेष्ठको निधनप्रति श्रद्धांजली व्यक्त

काठमाडौं, चैत्र ३ ।नेपालका सुपरिचित माक्र्सवादी चिन्तक तथा इमान्दार वामपन्थी व्यक्तित्व प्रा.माणिकलाल श्रेष्ठको निधन भएको छ । उहाँको निधनप्रति देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सी पी गजुरेलव्दारा श्रद्धांजली वक्तव्य जारी गरिएको गरिएको छ ।

श्रद्धांजली वक्तव्य

नेपालका सुपरिचित माक्र्सवादी चिन्तक तथा इमान्दार वामपन्थी व्यक्तित्व प्रा। माणिकलाल श्रेष्ठको निधनको खवरले हामी दुःखित भएका छौं । यसबाट नेपालको वामपन्थी आन्दोलनलाई ठुलो क्षती पुगेको छ । वहाँ प्रति सम्मान व्यक्त गर्दै गहिरो श्रद्धांजली अर्पण गर्नुका साथै वहाँका परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।
सीपी गजुरेल
अध्यक्ष
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल
२०७७/१२/३