अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ

काठमाडौं,चैत १९ ।काठमाडौंको तारकेश्वर नगरपालिका–८ का २३ वर्षीय अमित भुजेललाई माछापोखरीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

अष्ट्रेलिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंकाे माछापोखरीबाट उनलाई पक्राउ गरेको जनाएकाे छ।

 

भुजेलले सर्टटर्म भिसामा २÷२ वर्ष कामको लागि १०५ दिनभित्र अष्ट्रेलिया पठाइदिन्छु भनी काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बस्ने २१ वर्षीय एरिक न्यौपाने र २५ वर्षीय निर्देश खड्काबाट ९ लाख रुपैयाँ लिएर ठगी गरेको जाहेरी पीडितले दिएको प्रहरीको भनाइ छ।

 

पक्राउ परेका भुजेललाई थप अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएकाे छ ।