रणनीति तय गर्न देउवा र नेपालबीच बुढानिलकण्ठमा भेटवार्ता

 काठमाडौँ,बैशाख २३। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। बिहीबार साँझ भेटवार्ताका लागि नेता नेपाल देउवा निवास बुढानिलकण्ठ पुगेका हुन्।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि २७ गते संसद बैठक बोलाएका छन्। सो बैठकमा ओलीलाई असफल बनाउनका लागि रणनीति तय गर्न भएको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ।

 

यसअघि हिजो मात्रै देउवासँग भेटेर ओलीले विश्वासको मत दिन आग्रह गरेका थिए। सो भेटमै देउवाले विश्वासको मत नदिने प्रतिबद्धता जनाइसकेका छन्।