यी प्रदेशका केही स्थानमा मेघगर्जन,चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं,बैशाख २४। जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भूभाग नजिक विकशित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्पयुक्त हावाको प्रभाव रहेको जनाएको छ।

 

हाल देशका पहाडी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ । पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा भइरहेको महाशाखाको भनाइ छ ।

 

शुक्रवार दिउँसो देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

 

 

राती देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

 

 

देशका केही स्थानमा मेघगर्जन,चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी, प्रदेश नं १ का एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।