आज यी प्रदेशका केही स्थानहरुमा मेघगर्जन,चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं,बैशाख २६। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिणपूर्व भूभाग नजिक रहेको पूर्वपश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको छ।

 

हाल मौसमको अवस्था प्रदेश १, प्रदेश २ र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभाग आँशिक बदली रहेको छ।

 

 

 आज दिउँसो देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ । साथै देशका केही स्थानहरुमा मेघगर्जन,चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

त्यस्तै आज राती देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकि प्रदेशहरुमा आँशिक बदली रहने छ । साथै उक्त प्रदेशका केही स्थानहरुमा मेघगर्जन,चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

देशका देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका केही स्थानमा मेघगर्जन,चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।