चाँगुनारायणमा भेटिएको शवको अझै पहिचान खुलेन

काठमाडौंजेठ ४। भक्तपुरको चाँगुनारायणमा रहेको बालवन बालखोलामा जेठ १ मा एकजना पुरुषको शव भेटियो । करिब ३० वर्षका पुरुषको शव घोप्टो परेको अवस्थामा भेटिएको थियो । शरिरमा कपडा थिएन, टाउको खोलामा डुबेको थियो ।

 

 

सो शवको पहिचान अझै खुल्न सकेको छैन् । शवको पहिचान खुल्न नसकेको महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले बताइन् ।

 

 

मृतकको शरिरमा बाहिरी चोटपटक देखिएको छैन । कपडा केही मिटर खोला किनारमा प्रहरीले भेट्टाएको छ । शव पोष्टमार्टमका लागी दुवाकोट स्थित काठमाडौं मेडिकल कलेजमा राखिएको छ ।