यी प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि भारी वर्षाको सम्भावना

काठमाडौं,जेठ ५। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

 

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको गुजरातको आसपासमा रहेको चक्रवात ताउ-तेको प्रभाव रहेको छ ।

 

हाल मौसमको अवस्था प्रदेश २ र प्रदेश १ मा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा सामान्य देखि पुर्ण बदली रहेको छ। कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका भूभागको एक रदुई स्थानमा हल्का वर्षा भईरहेको छ।

 

 

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

 

कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक रदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपातर वर्षाको सम्भावना छ।

 

 

त्यस्तै आज राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

 

कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपातर वर्षाको सम्भावना छ।

 

 

 

कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

 

उच्च हिमाली भूभागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपातर वर्षाको सम्भावना समेत रहेको कारणले खोलानालाहरुमा जलप्रवाह बढोत्तरि हुने, यातायत क्षेत्र समेत प्रभावित हुने संभावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।