संसद विघटनविरुद्धका रिटमाथि आजपनि सुनुवाइ हुँदै

काठमाडौ,जेठ १६। प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि आजपनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

 

 

गएको शुक्रबार पहिलो सुनुवाइ भएका मुद्दाहरूमा बहस नसकिएपछि आज पनि सुनुवाइ हुन लागेको हो । सर्वोच्चमा परेका सबै रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

 

 

कांग्रेस सभापति शेरबहादुर देउवाले आफूले बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्त नगरेको भन्दै १४६ जना सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट हालेका थिए ।

 

 

प्रतिपक्षको सहित संसद विघटनलाई आधार बनाएर अदालतमा ३० वटा रिट परेका हुन् ।