यी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि भारि बर्षाको सम्भावना

काठमाडौं,जेठ १७। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

 

हाल देशमा पश्चिमि वायु,स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ।

 

 

हाल मौसमको अवस्था प्रदेश नं १ मा पुर्ण बदलि र देशका अन्य भूभागका अधिकांश स्थानहरुमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १।प्रदेश नं २ र बाग्मति प्रदेशका एक दुइ स्थानमा हल्का वर्षा भईरहेको छ ।

 

 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश नँ १ र बाग्मति प्रदेशका एक दुइ स्थानमा भारि बर्षाको पनि संभाबना रहेको छ।

 

 

त्यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।

 

 

प्रदेश १ र बाग्मती प्रदेशका एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारि वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ।