युरिक एसिड भएकाहरूले के खाने,के नखाने ? यस्ता छन् १३ बच्ने उपायहरु

काठमाडौं। शरीरभित्र पिउरिन भन्ने प्रोटिन टुक्रिएर युरिक एसिड उत्पादन हुन्छ । सामान्यतः ३ देखि ७ मिलिग्रामर-  डेसिलिटर सम्मको युरिक एसिड नर्मल मानिन्छ । जब युरिक एसिडको मात्रा ७ भन्दा बढी हुन्छ, त्यसलाई युरिक एसिड बढेको भनिन्छ ।

 

युरिक एसिड हाम्रो शरीरमा नभई नहुने महत्वपूर्ण तत्व हो । यसले शरीरमा अक्सिजन विरोधीको रुपमा काम गरिरहेको हुन्छ।

 

यसको मात्रा शरीरमा धेरै भए पनि कम भएपनी समस्या निम्ताउँछ। यसरी युरिक एसिड बढेपछि सामान्यतः खुट्टाको बुढीऔँलाको छेउमा अचानक दुख्ने तथा सुन्निने अवस्था आउँछ ।

 

 

राति सुत्ने वेलामा सामान्य रहेको मानिस बिहान उठ्दा नाटकीय रूपमा दुख्ने र सुन्निने भई खुट्टा टेक्न गाह्रो हुन्छ । यसका साथै युरिक एसिड लागेमा कुर्कुच्चा, घुँडा, औँला र कुहिनो अकस्मात् दुख्ने गर्छ । यस्तो समस्या जुनसुकै उमेर समूहका मानिसलाई पनि लाग्न सक्छ ।

 

यस्ता छन् बच्ने उपायहरु-  

१-नियमित व्यायम गर्ने

 

२-पर्याप्त मात्रामा पानी पिउने। तर, मुटुका बिरामीले भने पानीको मात्रा चिकित्सकको सल्लाह अनुसार पिउनुपर्छ

 

३-धूमपान र मध्यपानबाट टाढै बस्ने

 

४-प्युरिन तत्व बढी हुने रातो मासु, गेडागुडी, गालेको अचार, फुलगोभी, च्याउ, पालुङ्गोको सेवन कम गर्ने

 

५-गुलियो पदार्थ वा यस्ता अन्य पेय पदार्थको प्रयोग कम गर्ने

 

६-शरीरको वजन घटाउने

 

७-नियमित औषधिको प्रयोग गर्ने

 

८-समय समयमा चिकित्सकको परामर्श लिने

 

९-प्युरिन तत्व बढी हुने रातो मासु, गेडागुडी, गालेको अचार, फुलगोभी, च्याउ, पालुङ्गोको सेवन कम गर्ने

 

१०-गुलियो पदार्थ वा यस्ता अन्य पेय पदार्थको प्रयोग कम गर्ने

 

११-शरीरको वजन घटाउने

 

१२-नियमित औषधिको प्रयोग गर्ने

 

१३-समय समयमा चिकित्सकको परामर्श लिने

 

रोगको चरण

प्रथम चरणः प्रारम्भिक चरणमा व्यक्तिमा रोगको कुनै यरिक एसिडको मात्रा बढेको हुन्छ । यो अवस्थमा रोगलाई व्यवस्थित गर्न युरिक एसिड बढ्नुको कारण पत्ता लगाएर रोगीलाई विशेषतः जीवनशैली परिवर्तन गर्न निर्देशन दिईन्छ ।

 

 

दोस्रो चरणः यो गौटको कारणले हुने जोर्नी दुखाई लगायतका लक्षणहरु देखिएको तर रोगको कारणले व्यक्तिलाई हुने स्थायी क्षति भई नसकेको अवस्था हो । यो अवस्थामा युरिक एसिड बढ्नुका कारणहरु पत्ता लगाएर रोगीलाई जीवनशैली परिवर्तन र औषधोपचार साथसाथै चलाइन्छ ।

 

 

तेस्रोरगम्भिर अवस्थाः यो अवस्थामा रोगीमा रोग मिर्गौला लगायत अन्य जोर्नीहरुमा विकृति आइसकको अवस्था हो । यो अवस्थामा रोगका कारणले व्यक्तिको दिन चर्यामा प्रभावित भईसकेको हुन्छ जीवनशैली परिवर्तन र औषधोपचारले रोग ठीक नभए रोगीलाई अलि सहज र गुणस्तरीय जीवन दिन सर्जरी पनि गर्नुपर्ने हुन्छ ।

 

 

के छ उपचार  –युरिक एसिडको समस्या एउटा जटिल र दिर्घकालिन रोगावश्था भएकाले अवश्था हेरी औषधोपचार र योग एवं प्राकृतिक चिकित्सा द्वारा उपचार गर्नुपर्ने हुन्छ ।युरिक एसिडको रक्त स्तर अनियन्त्रित भए औषधी सेवन गरेर भएपनि नियन्त्रणमा राख्नु पर्ने हुन्छ ।

 

औषधोपचारमा एलोपेथी, आर्युवेद, होमियोपेथी, युनानी र सिद्घ जस्ता चिकित्सा पद्घतिका उपचारहरुको आफ्नै महत्व छ भने औषधि विहिन योग, प्रकृतिक चिकित्सा, स्वास्थ वृतको अभ्यास र पथ-पहरेज जस्ता जीवनशैली परिवर्तनका उपचारले पनि युरिक एसिडको वृद्घि नियन्त्रणमा अत्यन्त ठूलो टेवा पुर्‍याउँछ ।

 

 

भोजन व्यवस्थापन-यो रोग प्यूरिन भन्ने न्युक्लिक एसिडको उपपाचनसँग सम्बन्धित छ । तसर्थ यो रोगलाग्न बाट बच्न जोखिममा परेकाहरुले प्यूरिनयुक्त खाद्यपदार्थ माथि परहेज गर्नुपर्छ ।

 

कहिलेकाँही मिर्गौला रोगका कारणले पनि युरिक एसिड बढ्ने हुँदा खाना मिर्गौला मैत्री हुनुका साथै बनेको यूरिक एसिडलाई पिसाव मार्फत बगाएर लैजाने र यूरिक एसिडका कारणले हुने प्रदाहत्मक क्रियालाई समन गर्न सघाउन खालको हुन जरुरी छ ।

 

के खाने –युरिक एसिड बढ्दा दैनिक चार पाँच लीटर पानी पिउन आवश्यक छ तर मिर्गौला विकृत भएर यूरिक एसिड बढेको भए धेरै पानी पिउन हुदैन । प्रतिदिन चेरी खानाले यो रोगमा निकै लाभ पुर्‍याउँछ ।

 

चेरीमा एन्थोसाइन भन्ने तत्व हुन्छ । यसले यूुरिक एसिडलाई न्यूट्रलाइज गर्नुका साथै एसिडको क्रिष्टल बन्न नदिएर गौट वाथ हुनबाट बचाउँछ । दैनिक एउटा स्याउको सेवन यो रोगका लागि उत्तम मानिन्छ ।

 

चोकर रेशा र चोकर युक्त, खस्रा, मोटा, सग्ला, हरिया तथा क्षारीय सागसब्जी र फलफूलमा भएका रेशाहरुले युरिक एसिड अवशोषण गर्न र यसलाई पिसापबाट बाहिर निकाल्न सहयोग गर्छ ।

 

 

ज्वानाको झोलको सेवनले पनि यूरिक एसिड समनमा मद्दत पुर्‍याउछ । भिटामिन “ए” “सी” र “ई” युक्त फलफूल तथा सागसब्जी पनि यो रोगले हुने वात प्रदाह कमगर्न मद्दत गर्छ । यसका अलावा ओमेगा ३ र एन्टीअक्सिडेण्ट युक्त खाद्यहरूको सेवन विशेष लाभकारी छ ।

 

के नखाने–यूरिक एसिड बढेकाहरुले रातो मासु, फल मासु, सुँगुर, बँदेल, खसी, भेडा, च्याङ्गग्रा, भैंसी जस्ता ठूला जनावरका मासु, हासको मासु, टर्की को मासु मुटु,कलेजो मिर्गौला र गिदी, फोक्सो र थाइमस जस्ता कोमल अंगको मासु र रगती आदि खानु हुदैन । साना जनावर वा पशुपक्षी हरुको मासु पनि धेरै मात्रामा खानु हुँदैन ।

 

–समुन्द्री खाद्यान्न विशेषगरी झिङ्गे माछा, प्राउन, लोवस्टोर , हेरिङ्ग, ट्यूना, एन्कोभिज प्र्रजातीका माछाहरु र अन्य समुन्द्री वनस्पतिहरुबाट निर्मित खानेकुराहरु पनि खानु हुदैन ।

 

–रक्सि, ब्राण्डी, ह्वीस्की, रम र वियर जस्ता अल्कोहोलिक पेय सेवन सर्वथा वर्जित छ । मदिरा जन्य पेयले शरीरमा यूरिक एसिडको मात्र बढाउनुको साथसाथै शरिरमा बनेको यूरिक एसिडलाई पिसाप बाट विसर्जन हुन रोक्दछ ।

 

 

–कोकाकोला , पेप्सीकोला , स्प्राइट , फेण्टा, मिरिण्डा जस्ता कार्बोनेटेड र मधुराकृत पेयहरुले यूरिक एसिडलाई बढाउछ । फ्रूक्टोज-स्वीटण्ड- ड्रिङ्कस मह पानी ,सोडापानी पनि यूरिक एसिडका लागि राम्रो होइन ।

 

 

–दाल तथा गेडागुडिमा प्रशस्त मात्रामा प्यूरिन न्यूक्लिक अम्ल पाइन्छ । यो अम्लको उपयोग पश्चात शरिरमा प्रशस्त यूरिक एसिड बन्छ ।

 

 

–कुरिलो, फूलकोबी, बन्दाकोबी, पालुङ्गो , च्याउ र गोलभेंडा जस्ता सागपातमा अन्य सागपातमा भन्दा धेरै प्यूरिन पाइन्छ। यसका अलावा यी फलफूल र तरकारीमा आक्जलेट को मात्रा ज्यादा हुनेहुदा युरिक एसिड बढ्दा राम्रो मानिदैन ।

 

 

–जंकफूड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ भने जंकफूड मा हालिएको प्रीजरभेटीभ ले पनि रगतमा यूरिक एसिडको मात्रालाई बढाउन र गौट बाथको विकृततालाई बढाई समस्या ल्याउन सक्छ । जंकफूड ज्यादा खादा तौल बढ्न गई यूरिक एसिड बढ्ने समस्या आउछ ।

 

 

–अचार पुरानो तामा , गुन्द्रुकसिन्कीको सेवन पनि यो रोगमा राम्रो होइन ।

 

युरिक एसिडमा व्यायमः

युरिक एसिडका रोगीले कमसेकम दिनको ४० मीनटको व्यायम अत्यन्त जरुरी छ । मर्नीङ्ग वाक , ट्रेड मिलिङ्ग, साइक्लिङ्ग जस्ता हल्का तर पसिना फुट्ने व्यायम गर्नुपर्छ ।

 

अंग व्यायम, रिढ व्यायम , सिथिलीकरण व्यायम लाईपनि व्यायममा समावेश गर्नुहोस् । दिनमा एकचोटी शरीरका सबै जोर्नीहरू चलाउनु होस । सूर्य नमस्कार, र योगासनहरूको अभ्यास विशेष लाभकारी छ ।

 

प्रणायामहरूः

वाम नासिका श्वासन, अनुलोम विलोम, भस्त्रिका, कपालभाती र भ्रमरी प्रणायामले विशेष लाभ पुर्‍याउँछ ।

युरिक एसिडमा बिश्राम

१- युरिक एसिडका लागी बिश्राम अत्यन्त महत्त्वपूर्ण आयाम हो । राति चाढै खाना खाने र खाएको तीन घण्टा पेट खाली भएपछि मात्र सुत्ने गर्नु पर्छ ।

 

निद्रा नआउनेहरुले चिकित्सकको सल्लाह अनुसार औषधि खाएर भएपनि सुत्ने प्रयास गर्नुपर्छ । दिउसोसुत्ने, विहान अबेरसम्म सुत्ने, राति चाढै नसुत्ने, र खानाखानेबित्तिकै सुत्ने बानी युरिक एसिडलागी खतरनाक मानिन्छ ।

 

२- शारिरिक तथा मानसिक रुपले विश्राम लिनका लागी योग निद्रा, माइन्ड साउन्ड रेसोनेन्ट टेक्निक msrt, प्राणिक इनरजाईजीङ्ग टेक्निक pet, सेल्फ मेनेजमेन्ट अफ एक्सेसिभ टेन्सन smet, जेकब्सन प्रोग्रेसिभ मसल्स् रिल्याक्सेसन टेक्निक jpmrt डिप रिल्याक्सेसन् टेक्निक drt, क्विक रिल्याक्सेसन टेक्निक qrt, ईन्स्टेन्ट रिल्याक्सेसन् टेक्निक irt जस्ता बिश्रामका विधिहरु सिकेर अभ्यास गर्ने गरौं ।

 

३- सम्पूर्ण शरिरको मालिस, तैल अभ्यङ्ग, वाष्पस्नान, सउना स्नान, फोहोरा स्नान, पौडिनु, तैरीनु जस्ता उपचार पद्धतिले बिश्रामलाई बढाउँछ ।

 

सावधानी तथा बच्ने उपायहरू १- युरिक एसिड अनुवंशिक रोग पनि हो । तसर्थ पारिवारिक ईतिहास भएकाहरूले विशेष सावधानि अपनाउनु पर्छ । २- तौललाई आफ्नो कद अनुरूप नियन्त्रणमा राखौ । विशेषतः भुडीलाई बढ्न नदिऔ । ३- तनावबाट बचौ । युरिक एसिड हुन ४० प्रतिसत तनावकै हात छ । ४- श्रम र व्यायमवाट पन्छिने अल्छि वानी त्यागौं । निष्क्रिय जीवनमा बाच्नेलाई युरिक एसिडले चाडै पिरोल्छ । ५- जोखिममा परेका हरूले पथपहरेजमा बसौं ।