जसपाका नेता ठाकुर र महतो बालुवाटार पुगे, यी ८ मन्त्रालयसहित सरकारमा जाने तयारी

काठमाडौं,जेठ १७। पार्टीभित्र देखिएको विवाद विभाजन तर्फ धकेलिएपनि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुने अन्तिम तयारीमा रहेको छ ।

 

 

आफूसँग २० सांसद रहेको दावी गर्ने जसपाको ठाकुर पक्षले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्दैछ । सरकारमा सहभागी हुने विषयमा छलफल गर्न ठाकुर र महतोको टोली बालुवाटार पुगेको स्रोतले बताएको छ ।

 

 

जसपालाई ८ मन्त्रालय दिने समझदारी यसअघि नै भइसकेको छ। ८ मन्त्री र दुई राज्यमन्त्रीसहित जसपाको ठाकुर पक्ष एमाले नेतृत्वको सरकारमा सहभागी हुँदै छ।गृह मन्त्रालयसहितका ८ मन्त्रालय पाउने निश्चित भएकाे छ।

 

 

भेटका क्रममा जसपाका अन्य मागबारे पनि छलफल हुने जनाइएको छ। नागरिकता अध्यादेश, मधेस आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन कार्यदल गठन भएपछि महन्थ ठाकुर पक्षले मधेशका माग एमालेले पूरा गरेको भन्दै सत्तामा सहकार्य हुने बताएको छ।