काठमाडौँ उपत्यकामा थप १,११५ जनामा कोरोना संक्रमण

काठमाडौं,जेठ २४। काठमाडौँ उपत्यकामा थप १ हजार १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ७९० जना, भक्तपुरमा १३५ जना र ललितपुरमा १९० जना कोरोना संक्रमित भेटिएका छन् ।

 

सोमबार देशभर थप ४,४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ९२ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।