कागती पानी पिउनूस् यस्ता छन् ७ फाइदाहरु

काठमाडौं। कागती भिटामिन ‘सी’ उपुक्त र सर्वसुलभ पाइने फल हो । यो फल खाने गरेमा यसले तौल घटाउन ठूलो सहयोग गर्छ ।

 

कागतीमा भएको भिटामिन ‘सी’ प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन मद्दत गर्दछ। रक्तसञ्चारसँग जोडिएका समस्या, मधुमेह, आँखाको समस्याबाट बच्न पनि कागतीले महत्वपुर्ण भूमिका खेल्दछ। विशेषगरी, बिहान खाली पेटमा कागती पानी पिउनुका यस्ता छन् फाइदाहरु

 

 

१-दिमाग र शरीरलाई फ्रेस- नियमित एक गिलास तातो पानीमा कागती मिसाएर सेवन गर्दा दिमाग र शरिरलाई फ्रेस राख्न मद्धत गर्दछ ।

 

 

२-शरीरका गिर्खा हटाउनमा- शरीरमा आएका गिर्खा र कसिलो माशुका डल्ला भएका ठाउँमा कागतीको रस राख्दा त्यसले त्यस्ता गिर्खा बिस्तारै हटाउनमा सहयोग गर्दछ । कागतीको सर्वत नियमित पिउनेलाई पत्थरीको समस्या पनि कम हुन्छ ।

 

 

३-घाँटीको खरावीमा- कागती यस्तो फल हो जसमा घाँटीमा हुने लगायतका संक्रमणसँग भिड्ने तत्व हुन्छ । यसर्थ, घाँटीको खरावीमा पनि कागतीको सर्वत लिऔँ ।

 

 

४-उच्च रक्तचाप- मुटुका समस्या भएका व्यक्तिहरूलाई कागतीको सर्वत अतिउपयोगी हुन्छ किनभने यसमा भएको पोटासियम तत्वले उच्च रक्तचाप, वाक्वाकी, टाउको दुखाई नियन्त्रण गर्छ । मानसिक तनाव नियन्त्रण गर्न पनि कागतीको सर्वत उत्तिकै उपयोगी छ ।

 

 

५-दिक्दारीपनबाट छुटकरा- तपाईमा कुनै पनि कामको बोझले धेरै दिक्दारीपन आएको छ अथवा थकित हुनुभएको छ भने कागती पानी लाभदायिक हुन्छ । कागती पानीले तपाईको शरिरमा तुरुन्त उर्जा प्रदान गर्न सहयोग गर्दछ ।

 

 

६-मुख गनाउनबाट छुटकरा-तपाईको मुख गनाउने समस्या छ भने आफ्नो दात सफा गरेपछि सधै १ गिलास कागती पानी पिउने गर्नुहोस् छुटकरा पाउनुहुनेछ । यस्तो समस्या तपाईलाई छ भने कागती पानी एकदम उपयोगी हुनेछ ।

 

 

७-पाइताला र खुट्टाको दुखाईमा- तातो पानीमा कागतीको रस हालेर त्यसमा पाइताला र खुट्टा डुबाउँदा दुख्ने समस्यामा धेरै नै कम हुन्छ । त्यतिमात्रै होइन कागतीको रस पानीमा हालेर त्यसले नुहाएमा शरीरको दुखाई समेत कम गर्न सहयोग पुर्याउँछ ।