अखिल क्रान्तिकारीको आयोजनामा वर्तमान राजनीतिक सङकट र अबको विकल्प विषयक भर्चुलमाध्यमबाट अन्तरक्रिया कार्यक्रम गरिदै

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा यही असार ४ गते सिउँसो १२ देखि ३ बजेसम्म वर्तमान राजनीतिक सङकट र अबको विकल्प विषयक भर्चुअलमाध्यमबाट गरिने अन्तरक्रिया कार्यक्रममा देशभक्त, क्रान्तिकारी सम्पूर्णलाइ सहभागी हुन आग्रह गरिएको छ।

 

 

त्यस्तै अखिल क्रान्तिकारी केन्द्रीय समितिले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख वक्ता नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा देशक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल,त्यस्तै वक्ताहरूमा नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धमेन्द्र बास्तोला, नेपाल कम्युनिस्ट पार्टीका संयोजक ऋृषिराम कट्टेल तथा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुती रहेको अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बताउनु भयो ।

 

 

त्यस्तै अहिलेको जो राजनितिक परिघटनाहरू घटिरहेका छन्,त्यसको बारेमा अबको निरूपण कसरी गर्न सकिन्छ र यो राजनिति संकटलाइ पार कसरी लगाउन सकिन्छ भने विषयमा अबको विकल्प जनतालाइ के दिन सकिन्छ,अबको बैकल्पिक शक्ति को हुन सक्छ भने विषयमा अन्तरक्रिर्या गर्न लागेको उहाँले बताउनु भयो।

 

 

त्यस्तै विद्यार्थी नेताहरूमा अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल,अखिल( क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाल,वैज्ञानिक समाजवादी विद्यार्थी संगठनकी संयाेजक राजेश्वरी सुवेदी,अखिल नेपाल विद्यार्थी युनियान मनीष भट्टराइलगायतका विद्यार्थी नेताहरूकाे सहभागिता रहने छ।