बाँयापट्टि कोल्टेर सुत्नुको यस्ता छन् फाईदै फाईदा

काठमाडौं। एउटा भनाई छ ‘राती चाडै सुत्नुहोस् बिहान चाडै उठ्नुहोस्’ तर आजभोलीको व्यस्त जीवनशैलीले गर्दा हाम्रो सुत्ने र उठ्ने समय फरक छ ।

 

बिहान छिटो उठेपनि राती अबेरसम्म बस्ने गर्छौ जसका कारण डिप्रेसन,उच्च रक्तचाप, तौल बढ्नेजस्ता थुप्रै समस्या देखिन्छन् ।

 

 

समयमा नै सुत्ने उठ्ने मान्छेका लागि पनि सुताई नमिल्दा स्वास्थ्यमा विभिन्न असरहरू देखा पर्न सक्छन । दायाँ तर्फ कोल्टेर सुत्दा पाचन सम्बन्धि समस्या हुन्छ, बाँया तर्फ फर्केर सुत्दा पाचन समस्या आउदैन ।

 

 

गर्भअवस्थामा अधिकांश महिलाहरूलाई ढाडको समस्या हुने गर्छ । यस्तो समस्याबाट पिडपत महिलाहरूलाइ चिकित्सकहरू बाँया तर्फ फर्केर सुत्ने सल्लाह दिन्छन् । बाँयातर्फ फर्केर सुत्दा घुर्ने समस्या पनि कम हुन्छ त्यसैले धेरै घुर्ने समस्या छ भने बाँयातर्फ फर्केर सुत्नुहोस् ।

 

 

हामी दाँयातर्फ फर्केर सुत्दा हाम्रो मुटुमा सबैभन्दा बढी असर हुन्छ । बाँयातर्फ सिरानी गरेर सुत्दा मुटु सजिलै चल्छ ।

 

 

यसैले सुताइले पनि तपाइको स्वास्थ्यमा असर पुग्ने हुनाले एकदमै ख्याल गरेर सुत्नुहोस् । सुत्दा सकेसम्म बाँया नै फर्केर सुत्नुहोस यसले गर्दा तपाइको कतिपय स्वास्थ्य समस्या कम हुन्छ ।