नेपालमा थप २४७६ जनामा कोरोना संक्रमण पुष्टि, थप ५४५५ जना डिस्चार्ज, २७ जनाको मृत्यु

काठमाडौं। नेपालमा थप २ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १४ हजार ३५१ जनाको परीक्षण गर्दा २४ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ।

 

 

योसँगै नेपालमा संक्रमितको संख्या ६ लाख ३१ हजार १५२ पुगेको छ। एन्टिजेन विधिबाट परीक्षण गरिएकामध्ये ३० हजार ६८९ जनामासमेत संक्रमण देखिएको छ।

 

 

यस्तै आज थप ५ हजार ४५५ जनाले कोरोना जितेका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या पाँच लाख ७६ हजार ४१३ पुगेको छ।

 

 

यस्तै २४ घण्टामा २७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ८ हजार ९४५ पुगेको मन्त्रालयले जनाएको छ।