काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक सकियो,निषेधाज्ञा थपिने

काठमाडौै। काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक सकिएको छ । उपत्यकामा निषेधाज्ञा थप गर्ने विषयमा छलफल गर्न बसेको बैठक सकिएको हो ।

 

 

तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सोमबार निषेधाज्ञा थप गर्ने विषयमा निष्कर्षमा पुगेका छन् ।

 

 

निर्णय हुन अझै बाँकी रहेपनि निषेधाज्ञा थप हुने तर सार्वजनिक सवारी जोर विजोर प्रणाली अनुसार सञ्चालन हुने बताइएको छ ।

 

 

बैठकमा एक साता निषेधाज्ञा लम्ब्याउने र केही खुकुलो बनाउने सहमति भएको बताइएको छ। प्रमुख जिल्ला अधिकारीहरुबीच सार्वजनिक सवारी सञ्चालनका विषयमा पनि सहमति जुटेको छ ।

 

पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि सोमबार सकिँदैछ।