उपत्यका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले, सार्वजनिक सवारी सञ्चालन बारे,यस्तो छ,निर्णय

काठमाडौं। काठमाडौं उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले छलफल गरिरहेका छन् ।

 

सिडिओहरुको छलफलपछि निषेधाज्ञा थपको विषयमा निर्णय हुनेछ । यद्यपी थपिएको निषेधाज्ञा थप खुकुलो हुने भएको छ ।

 

प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा सार्वजनिक सवारीसाधन सञ्चालनको मोडालिटीबारे छलफल भइरहेको छ।

 

 

जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी खुलाउनेबारे छलफल भइरहेको हो ।संक्रमणको दर विश्लेषण गर्दै थप खुकुलो बनाउने विषयमा छलफल भएको बताइएको छ ।

 

 

तीनजनै सीडीओबाट जिल्लाको अवस्था रिपोर्टिङ भएपछि भोलिको बैठकबाट मंगलबारदेखिको निषेधाज्ञाको मोडालिटी निर्णय हुने बताइएको छ ।

 

 

निजी सवारीसाधन र व्यापाररव्यवसाय सञ्चालनमा केही खुकुलो गर्दै पछिल्लो समय थपिएको निषेधाज्ञा भोलिसम्म लागू हुनेछ ।