आज मिति २०७८ साल असार १४ गते सोमबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ-बुवा आमा तथा अग्रजहरुबाट सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । थोरै समयको प्रयत्ने सहजै गन्तब्य तथा लक्ष्य पहिल्याउन सकिनेछ । अवसरहरुको सदुपयोग गर्न सकिने तथा भविश्यको लागि फाईदा हुने काम गर्ने बाताबरण बनाउन सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे आम्दानि हुनेछ ।

 

 

 

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो-लगनशिल तथा मेहनेतले चाहेको उपलब्धि हासिल हुँनेछ । खोज तथा अनुशन्धानमा समय लगानि गर्नेहरुले राम्रो नतिजा हात पार्न सक्ने योग रहेकोछ । पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जानेछ । कुनै पनि क्षेत्रमा आउने प्रतिष्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । माया प्रेममा एक अकासँग नजिक हुने समय रहेकोछ।

 

 

 

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा-घर परिवारमा आफन्त तथा दिदि बहिनिहरुबिच तित्तता देखिन सक्छ । बाहिरि बाताबरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । पढाई लेखाईमा ध्यान नजादा नतिजा अरुकै पक्षमा आउनेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्दा सम्बन्ध बिग्रने खतरा रहेकोछ । आफ्नै कमजोरिले पछि पर्ने समय रहेकोछ ध्यान दिनुहोला । साझपख यात्रा गर्ने अवसर जुर्नेछ ।

 

 

 

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो-दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । परिवारका साथ स्वादिष्ट भोजन लिदै दिन रमाईलो गरि बिताउन सकिनेछ । समयमा कामहरु बन्ने हुनाले मान सम्मानमा बृद्धि भएर जानेछ । साझपख बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

 

 

 

सिंह मा,मी,मू,मे,मो,टा,टी,टू,टे-नोकरिमा सहकर्मीहरुलाई किनारा लगाउँदै अग्र स्थानमा तपाईको नाम आउँनेछ भने पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । सत्रुलाई परास्त गर्न सकिनेछ भने व्यालय तथा अदालतबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँनेछ । पढन पाढनमा प्रगति गरि आफन्त तथा गुरुवर्गहरुलाई खुसि राख्न सकिनेछ । प्रेम सम्बन्ध सुदृड हुनेछ भने घर परिवारमा आत्मियता बढ्नेछ ।

 

 

 

कन्या टो,पा,पी,पू,ष,ण,ठ,पे,पो-बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुसँग हुने स्वस्थ्य प्रतिष्पर्धामा अन्तत तपाईकै नाम अग्र स्थानमा आउनेछ । शेयर बजारमा गरिएको लगानिमा केह सुधारको संकेत देखिनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । तपाईको कामदखि अग्रज तथा गुरुवर्गहरु खुसि हुनुहुनेछ भने चिठ्ठा तथा उपहार प्राप्तीको गतिलो सम्भावना रहेकोछ ।

 

 

 

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते-आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ । सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । घर जग्गाको कारोबारबाट घाटा लाग्ने योग रहेकोछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा अलि बढिनै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ ।

 

 

 

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू-आफ््ना लेख रचना तथा बिचारहरुलाई सामाजिक सञ्जाल तथा मिडिया मार्फत जनमासमा लैजान सकिने समय रहेकोछ । दाजुभाई तथा छिमेकिको सहयोग पाईने तथा उनिहरुको समर्थनमा राम्रा काम गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरका लागि समयले साथ लिने हुँनाले मन प्रफुल्लित हुनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ ।

 

 

 

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे-बोलेर गर्ने कुनै पनि पेशा तथा व्यावसायमा लगानि गर्दा मनग्गे आम्दानि हुनेछ । गित संगित तथा मिडिया जस्ता क्षेत्रबाट मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजाको आउने हुनाले मन प्रशन्न रहनेछ । साथिभाई तथा आफन्तका साथ रमाईलो जमघट हुने तथा स्वादिष्ट भोजनका साथ दिन बिताउन सकिनेछ । अग्रजहरुबाट सुनिने शुभ समाचारले मन उत्साहित बनाउनेछ ।

 

 

 

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी-प्रतिभाको उच्च मुल्यांकन हुनुका साथै सामाजिक रुपमा ख्याति बढ्नेछ । सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ भने हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुका लागि जनताबाट प्रत्यक्ष सहभागिता सहितको समर्थन पाईने हुँनाले समाज परिवर्तन गर्न जोस जागर बढेर आउनेछ ।

 

 

 

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा-समयको सहि सदुपयोग नगर्नाले दुःख पाईनेछ भने तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ । बिदेशि भुमिमा बसेर गरिने व्यापार व्यावसाय फस्टायर जानेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । साझपख मान्यजनहरुको सुझाबलाई हुबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुनेछ ।

 

 

 

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची-थोरै पुँजी तथा सिमित स्रोत साधनबाट असिमित आवस्यकता पुरा गर्न सकिनेछ । सरकारि साधन तथा प्राकृतिक स्रोतको प्रयोेग मार्फत आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुजनहरु खुसि रहनेछन् । ग्रामीण भेगमा गरिने कृषी तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । साझपख भरसक यात्रा नगर्नुहोला ।