एमाले नेता बेदुराम भुसालले किन गरे पार्टी परित्याग,यस्तो छ,कारण

काठमाडौैं। नेकपा एमालेका नेता तथा राष्ट्रियसभा सदस्य बेदुराम भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

 

 

उनले पार्टी अध्यक्षलाई राजीनामा दिएर परित्यागको घोषणा भने गरेका होइनन बरु उनले संसदीय सचिवालयमा पत्र दर्ता गराएर आफु कुनै पनि पार्टीको सांसद नभएको बताएका छन् ।

 

 

पत्र सचिवालयमा दर्ता भएको छ । पत्र दर्ता भएपनि उनले एमाले परित्याग गरेको आंकलन गर्न सकिन्छ ।

 

 

पछिल्लो समय नेपाल समूहमा रहेको नेता भुसालले सर्वोच्चको गत फागुन २३ गतेको फैसलापछि आफु नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संसदीय दलको सदस्य नभएको उल्लेख गर्दै आगामी दिनमा पनि कुनै दलको सदस्य नहुने बताएका छन् ।

 

 

उनले राष्ट्रियसभाको आगामी बाँकी कार्यकाल पनि स्वतन्त्र रुपमा विताउने बताएका छन् ।

 

 

तत्काली नेकपाबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएका भुसाल नेकपा विघटनपछि एमालेको माधव नेपाल पक्षमा क्रियाशील छन् ।

 

 

 

उनी स्थायी कमिटी सदस्य हैसियतमा नेपाल समूहको बैठकमा भाग लिइरहेका छन् ।पत्रमा नेता भुसालले सभामा आफुलाई स्वतन्त्र हैसियत प्रदान गर्न पनि आग्रह गरेका छन् ।

 

 

साथै उनले आफुले पाउने पारिश्रमिक बाट कुनै पनि रकम लेबी वा अन्य कुनै पनि रकम कुनै पनि दलको खातामा जम्मा नगरिदिन आग्रह समेत गरेका छन् ।

 

 

एमालेका सांसदको तलबबाट सचिवालयले लेवी कटाएर सिधै दलको खातामा पठाउने गरेको छ ।