सार्वजनिक यातायात भोलिदेखि सञ्चालन गर्न दिने तयारी,यस्तो हुने छ,मापदण्ड

काठमाडौं। काठमाडौं उपत्यकाकामा जोरविजोर प्रणालीमा सार्वजनिक यातायात चलाउन दिने तयारी गरिएको छ।

 

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकमा यो विषयमा छलफल भए पनि टुंगो लागेन।

 

 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार सोमबार बिहान ९ बजे पुनः बैठक बसेर यो विषय टुंगो लगाइनेछ।

 

 

आइतबारसम्म काठमाडौं उपत्यकाको निषेधाज्ञाको मोडलबारे सीसीएमसी र गृहमन्त्रालयको निर्णय आइनसकेकाले निषेधाज्ञाको विषय सिडिओकै तहबाट टुंगाेलगाउने बताइएको छ।

 

 

उपत्यकाको प्रशासन कार्यालयले १६ वैशाखदेखि लगाएको निषेधाज्ञा पछिल्लो पटक ७ असारमा एक साताका लागि थप्ने निर्णय भएको थियो।

 

 

थपिएको निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिँदैछ। पछिल्लो निषेधाज्ञा थप्दा निजी सवारीसाधन तथा ट्याक्सीलाई जोरविजोर र व्यवसायलाई बारका आधारमा सञ्चालन गर्न दिइएको थियो।

 

 

प्रशासनले सभा सम्मेलन, सैलुन, क्लब, ब्यूटी पार्लर, जिमलगायतमा लगाएको रोक कायमै रहने जनाएको छ।