नेपालमा थप २,३३६ जनामा कोरोना संक्रमण पुष्टि, थप २० जनाको मृत्यु

काठमाडौं। नेपालमा थप २ हजार तीन सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको भएको छ । ११ हजार सात सय ४८ जनामा गरिएको परिक्षणमा २,३३६ जनामा संक्रमण पुष्टि भएको हो ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

 

 

हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या नौ हजार ७१ जना पुगेको छ । त्यस्तै चार हजार तीन सय ४८ जनाले कोरोना भाइरस जितेको छ ।