सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न गगन थापाको चेतावनी

काठमाडौँ । काँग्रेस युवा नेता गगन थापाले सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कोहि कसैबाट नहोस् भन्दैे चेतावनी दिएका छन् ।

 

 

 

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरी काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्दै परमादेश जारी गरेसँगै थापाले यस्तो बताएका हुन् ।

 

 

 

‘प्रतिनिधिसभा विघटन असंवैधानिक थियो, सर्वोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ’, थापाले सामाजिक सञ्जालमा भने, ‘अदालतको आदेश मन परेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन।

 

 

 

 

उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कतैबाट नहोस् भन्ने आशा गरौं। नत्र भिरबाट खस्नेलाई रामराम ।’