प्रधानमन्त्री देउवालाई मत दिने २२ सांसदसँग एमालेले माग्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई नेकपा एमालेले २४ घण्टे स्पष्टीकरण मागेको छ । समोबार ललितपुरको च्यासलमा जारी १० औं केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

 

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई वरिष्ठ नेता माधवकुमार नेपाल सहित २२ जनाले विश्वासको मत दिएका छन् ।

 

हिजोको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवालाई  विश्वासको मत पक्षमा १६५ र विपक्षमा ८३ जनाले मत हालेका थिए भने एक जना तटस्थ बसेका थिए ।