अब सरकारमा छिट्टै सहभागी हुनेछौँ : माधव नेपाल

 

 

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा जाने बताएका छन् । नयाँ दलले मान्यता पाएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले गठबन्धनको सरकारमा छिट्टै सहभागी हुने बताएका हुन् ।

 

 

सत्तारुढ गठबन्धनमा आफूहरु भए पनि हिजोका दिनमा भन्न गाह्रो भएको भन्दै उनले भने, ‘अब पाँच दलीय गटबन्धनलाई अगाडि लैजान चाहन्छौं, सरकारमा सहभागी हुन्छौं ।’