काठमाडौँ महानगरमा आगामी सातादेखि विद्यालय खोल्ने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी सातादेखि विद्यालय खोल्ने तयारी गरेको छ ।

 

उपत्यकाका तीनजनै सिडिओको बुधबार बसेको बैठकले स्थानीय पालिकाहरूले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) सँगको समन्वयमा विद्यालय सञ्चालन गर्न सकिने आदेश जारी गरेसँगै महानगरले पनि विद्यालय खुलाउने तयारी गरेको हो।

 

 

महानगर शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले शिक्षा समितिका पदाधिकारीसँग छलफल गरेर आउने हप्तादेखि खोल्ने तयारी भइरहेको बताए ।

 

 

‘प्रशासन कार्यलयले स्थानीयले विद्यालय खोल्न सक्ने भनेको छ । त्यसैले शिक्षा समितिका पदाधिकारीसँग बसेर छलफल गरिरहेका छौं । आगामी हप्तादेखि खोल्ने गरी प्रयास गरिरहेका छौं ।’