सुनको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। साताको कारोबारको पहिलो दिन आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा २ सय रुपैयाँले बढेको हो ।

 

छापावाला सुन आज नेपाली बजारमा प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

 

 

यता तेजावी सुनको मूल्य आज प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

त्यस्तै चाँदी आज तोलामा २० रुपैयाँले बढेर प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।