एमालेमा यी दुइ पद थप गरिने,पदाधिकारी संख्या १५ पुग्यो

काठमाडौं। एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने भएको छ । एमाले विधान महाधिवेशनमा पेस भएका प्रतिवेदनहरुमाथि सहभागीहरुले

 

 

वरिष्ठ उपाध्यक्ष र उपमहासचवि पद राख्न माग गरेका थिए । महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद राखिएको थिएन ।

 

 

समूहगत छलफलपछि जवाफ दिनेक्रममा पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव दुबै पद रहनेछन् । अब एमालेमा पदाधिकारी संख्या १५ हुनेछ ।

 

 

अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव रहनेछन् ।