बाजुराको कोल्टी क्षेत्रमा दशैतिहार लक्षित सहुलियत पसल सञ्चान नहुँदा उपभोक्ता महंगीको मारमा

काठमाडौं।दशैतिहार नजिकिएसँगै देशका विभिन्न ठाउँमा सहुलियत पसल सञ्चालनमा आएका छन्। बाजुरा जिल्लाको कोल्टी क्षेत्रमा भने दशैतिहार नजिकिँदा पनि सहुलियत पसल नहुदा उपभोक्ताहरू महंगो मुल्यमा सामान खरित गरि रहेका छन्।

 

दशैतिहारको लागि कोल्टी क्षेत्रमा सहुलियत पसल संञ्चालनमा ल्याउन कुनै पनि सरकारवाला निकाय,राजनीतिक दल प्रशासनलगायतको चासो नदेखिएको उपभोक्ताहरुले गुनासो गरेका छन्।

 

 

 

बाजुरा बासीलाइ महंगीले के दशै के तिहार हामी सधैं महंगीको मारमा परेका छौं ठूला शहरहरूमा त दशै आयो सौलियत पसल सञ्चालन आएका छन्। भने हाम्रो दुर्गम गाउँ बाजुरामा खै कहिले सहुलियत पसल सञ्चालन आएर यस्तो महंगीबाट छुटकारा पाउने होला भन्दै स्थानीय बासीले गुनासो गरेका छन्।

 

 

 

सरकारले त एक पटक सोच्नै पर्ने हो दुर्गम गाउँघरका मान्छेलाई पनि दशैतिहार लाग्छ भनेर हाम्रा छोराछोरीका लागि लताकपडा,तेल,चामललगायतका सामान सहुलियत पाउन पाएको भए धेरै खुशी हुने थियौं।