वि.पि.कोइराला मेमोरियल क्यान्सर अस्पताल र सिर्जनशील समाज चितवनको संयुक्त आयोजनामा क्यान्सर जनसचेतना कार्यक्रम सम्पन्न

चितवन।वि.पि.कोइराला मेमोरियल क्यान्सर अस्पताल र सिर्जनशील समाज चितवनको संयुक्त आयोजनामा क्यान्सर जनसचेतना कार्यक्रम सम्पन्न भएकाे छ।

 

क्यान्सर सचेतना कार्यक्रमले क्यान्सर शुरुमा पत्ता लगाउन सके निको पार्न सकिन्छ भन्ने मुल नाराका साथ सिर्जनशील समाज भरतपुर ४ चितवन र वि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनको संयुक्त आयोजनामा २०७८ असोज १८ गते भरतपुर ४ बैकुण्ठ टोलमा आयोजित महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर परिक्षण कार्यक्रममा ५५ जना महिलाहरुको परिक्षण भएको छ ।

 

 

सिर्जनशील समाजका अध्यक्ष श्री टिकाराम सापकोटाको सभापतित्व र संस्थापक अध्यक्ष श्री शिवप्रसाद बरालको प्रमुख आतिथ्यतामा भएको औपचारिक कार्यक्रममा उपाध्यक्ष श्री महेश्वर पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

 

 

वि. पि. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका डा. अस्मीता राणा, नर्सिङ्ग इन्चार्ज अयोध्याकुमारी पाठकले क्यान्सर रोग लाग्ने कारण, क्यान्सर रोगका लक्षण, क्यान्सर रोगको उपचार प्रकृयाका बारेमा विस्तृत रुपमा अभिमूखिकरण गर्नु भएको थियो भने सिनियर नर्स तारा दवाडी, मन्जु शर्मा र कल्पना न्यौपानेले महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर परिक्षण गर्नु भएको थियो । कार्यक्रममा महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

 

२०७८ असोज ६ गते ६० जनाको परिक्षण भइ सकेको र सो दिन परिक्षण गर्न छुट भएका ५५ जना महिलाहरुको आज परिक्षण भएको हो ।

 

 

कार्यक्रमको समापनको अवसरमा प्रमुख अतिथि र सिर्जनशील समाजका अध्यक्ष श्री टिकाराम सापकोटाले वि. पि. कोइराल मेमोरियल क्यान्सर अस्पताललाई कदर पत्र र प्राविधिक रुपमा सहयोग पुरयाउनु हुने डा. अस्मीता राणा, नर्सिङ्ग इन्चार्ज अयोध्याकुमारी पाठक, सिनियर नर्स तारा दवाडी, मन्जु शर्मा र कल्पना न्यौपानेलाई मायाको चिनो प्रदान गरिएको थियो ।

 

 

 

कार्यक्रमको अन्तमा सिर्जनशील समाजका अध्यक्ष श्री टिकाराम सापकोटाले कार्यक्रम सफल पार्न सहयोग पुरयाउने सवैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको विसर्जन गर्नु भएको थियो ।

 

 

 

कार्यक्रमको संचालन महासचिव श्री कविता शर्माले गर्नु भएको थियो । कार्यक्रमलाई व्यवस्थित बनाउन सिर्जनशील समाजका कार्यसमितिका पदाधिकारी एंव सदस्यहरु, साधारण सदस्यहरु र टोलबासीहरुको महत्वपूर्ण सहयोग रहेको थियो ।