काठमाडौंको चन्द्रागिरिमा युवकको शव फेला

सांकेतिक तस्विर

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित सडकमा युवकको शव फेला परेको छ ।

 

 

वडानम्बर ४ स्थित चित्लाङ जाने सडकमा ३० वर्षीय सुजन लामाको शव भेटिएको प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

 

 

अहिले एसपी मैनाली नेतृत्वको टोली र अपराध महाशाखाको टोली घटनास्थलमा पुगेको छ ।

 

 

शवको फोरेन्सिक जाँचका कारण चिकित्सकको टोली पनि घटनास्थल पुगेको एसपी मैनालीले बताए ।