अखिल (क्रान्तिकारी)को आयोजनामा नि:शुल्क पत्रकारीता तथा उदघोषण तालिम आज दोस्रो दिनमा

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) ३ नम्वर प्रदेशको आयोजनामा संचालन भईरहेको निशुल्क पत्रकारीता तथा उदघोषण तालिमको आज दोस्रो दिन पनि संञ्चालन भइरहेको छ।

 

 

आज दोस्रो दिन प्रशिक्षक नारायण पंगेनीले प्रशिक्षार्थीहरुलाई कक्षा दिनु भएकाे छ। उक्त तालिममा केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल , केन्द्रीय उपाध्यक्ष एवम् ३ नम्वर प्रदेश संयोजक शीलु न्यौपाने तथा सिन्धुपाल्चोक जिल्ला संयोजक अर्पणा श्रेष्ठलगाएतका विद्यार्थी नेताहरूकाे उपस्थित रहेको थियो।

 

 

साे पत्रकारीता तथा उदघोषण तालिम अझै पाँच दिनसम्म निरन्तर सञ्चालन गरिने न्याैपानेले जानकारी दिनुभयाे।