नेपालमा थप ११,३५२ जनामा कोरोना संक्रमण पुष्टि,थप ४ जनाको मृत्यु

काठमाडौँ। नेपालमा थप ११ हजार ३५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। \

 

 

यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६२८ पुगेको छ।

 

 

यस्तै बुधबार ६१३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा १८ हजार ७८ पीसीआर तथा ५ हजार ३३१ एन्टिजेन परीक्षण भएको छ।