क्रान्तिकारी पत्रकार महासंघको अर्घाखाँची जिल्ला भेला आयोजक कमिटी गठन

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी पत्रकार महासंघको अर्घाखाँचीमा जिल्ला भेला आयोजक कमिटी गठन गरिएको छ।

 

 

 

त्यस्तै पाँच सदस्यीय जिल्ला भेला आयोजक कमिटी गठन गरिएको हो। जसमा संयोजकमा दिपेन्द्र सुनार,सदस्यमा दिपक थापा, अनिता झाक्रिमगर, निर्मला खनाल र केशब खनाललगायत रहेका छन्।

 

 

 

साे कार्यक्रममा प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी)का लुम्बिनी प्रदेश सचिव भूपेन्द्र न्यौपाने,अर्घाखाँची र प्युठान जिल्ला पाटी ईन्चार्ज टिकाराम पौडेल, जिल्ला अध्यक्ष तकमान राउत , देजमो अध्यक्ष अशोक थापा र अखिल (क्रान्तिकारी)का विद्यार्थी संगठनका प्रदेश सदस्य मनोज थापाको अतिथि र उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।