एसईई वैशाखमा ,कक्षा १२ को परीक्षा जेठमा, एसईईलाइ प्रदेशस्तरीय बनाउने बोर्डको तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको छ।शनिबार बसेको बोर्डको बैठकले एसईई वैशाखमा र १२ को जेठमा गर्ने निर्णय गरेको जनाएकाे छ। 

 

 

 अहिलेसम्मको परिस्थितिमा एसईई वैशाखमा र जेठमा १२ को परीक्षा गर्ने  निर्णय गरेकाे बोर्डले जनाएकाे छ । अब चाँडै परीक्षा तालिका सार्वजनिक गर्ने भएकाे छ।

कोभिडका कारण यो वर्षको शैक्षिक सत्रको पठनपाठन केही ढिला भएकोले परीक्षा केहीपछि गर्ने निर्णय बोर्डले गरेको हाे ।

 

 

कोभिडको कारण विद्यालय बन्द भएकाले बोर्डले तोकेको समयावधिको अवस्था हेरेर कुन मोडालिटीमा परीक्षा गर्ने भन्ने निर्णय बोर्डले गर्ने छ।   

 

 

 

यो वर्षको शैक्षिक सत्रलाई अप्ठ्यारो नपर्नेगरी विद्यार्थीको सुविधालाई ध्यानमा राखेर चैतभर पठनपाठन गर्ने र वैशाखमा परीक्षा गर्ने निर्णय बोर्डले गरेको जनाएको छ।

 

एसईईको परीक्षा प्रदेशस्तरीय गराउने बोर्डको तयारी

 

बोर्डले यही शैक्षिक सत्रदेखि कक्षा १० को परीक्षा प्रदेशस्तरीय बनाउने तयारी थालेको जनाएको छ ।

 

 

संविधानले, शिक्षा ऐनले कक्षा ८ को स्थानीयस्तरीय कक्षा १० को प्रदेशस्तरीय र कक्षा १२ को राष्ट्रियस्तरीय हुनुपर्ने व्यवस्था गरे अनुरुप गर्ने तयारी भइरहेको बोर्डले जनाएकाे छ। अब संघीय शिक्षा ऐन पनि त्यही अनुरुप बन्नुपर्छ भनेर बोर्डले काम गरिरहेको छ ।