कालीकोटमा ३३ केभिए प्रसारण लाइन जडान हुने

काठमाडौं । कालीकोटमा ३३ केभिए प्रसारण लाइन जडान हुने भएको छ ।यसअघि दैलेखेको दुल्लुदेखि कालीकोटहुँदै जुम्लासम्म ११ केभिए विद्युत् प्रसारण लाइन जडान भए पनि त्यसलाई विस्तार गरेर ३३ केभिए विद्युत् प्रसारण लाइन जडान हुने भएको हो ।

 

 

विगतमा भएका विद्युत क्षमताले मागलाई धान्न नसकेकाले क्ष्मता विस्तार गरी ३३ केभिए प्रसारण लाइन जडान हुने नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रले जनाएको छ ।

 

 

 

नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रले प्रसारण जडानका लागि एक हप्ता लाग्ने र शनिबारदेखि आउँदो आइतबारसम्म बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।

 

 

 

३३ केभिए प्रसारण लाइन जडान परीक्षण अवधिसम्म पिन, डिस सट हुँदा पोलमा करेन्ट प्रवाह हुनसक्ने र छुँदा करेन्ट लागि दुर्घटना हुने सम्भावना भएकाले विद्युत्का पोल स्टेलगायतका विद्युतीय संरचना नजिक नजानपनि केन्द्रले आग्रह गरेको छ ।

 

 

 

कर्णाली प्रदेशका १० जिल्लामध्ये नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जडान भएको छ भने हुम्ला, मुगु र डोल्पामा अझैँ विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान हुनसकेको छैन ।

 

 

 

कालीकोट र जुम्ला गत आर्थिक वर्षमा मात्रै विद्युत्को ११ केभिए राष्ट्रिय प्रसारण लाइन जडान भएको थियो ।