चुनावी रणनीति तय गर्न सत्ता गठबन्धनको बैठक जारी

फाइल तस्वीर

काठमाडौँ । सत्ता गठबन्धन दलहरुको बैठक बालुवाटारमा जारी छ । आउँदो स्थानीय तहको निर्वाचनबारे रणनीति तय गर्न उक्त बैठक प्रधानमन्त्री निवासमा जारी रहेको जनाइएको छ।

 

 

 

 

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल तथा झलनाथ खनाल, जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलगायत नेताहरु छलफलमा रहेको बताइएको छ ।

 

 

 

 

सत्ता गठबन्धनमा आबद्ध दलहरुले स्थानीय तहको निर्वाचनमा आवश्यकताका आधारमा तालमेल गरेर जाने रणनीति बनाइरहेका छन् ।

 

 

 

चैत १७ गतेको गठबन्धन बैठकले यसबारे औपचारिक निर्णय नै गरिसकेको छ । गठबन्धनले देशभरिबाट स्थानीय तहको दलगत प्रभावको अवस्थाबारे प्रतिवेदन झिकाएर हाल अध्ययन गरिरहेको बताइएको छ ।

 

 

 

 

तल्लो तहदेखि नै आएको रिपोर्टिङका आधारमा स्थानीय तहमा उम्मेद्वारको भागबण्डा गर्ने र चुनावी रणनीतिबारे थप छलफलका लागि बैठक बसेको बुझिन्छ ।

 

 

 

 

स्थानीय तहहरूको दल प्रभावको अवस्था बुझेर प्रतिपक्षी नेकपा एमालेलाइ सकेसम्म रोक्न र सत्ता गठबन्धनका दलहरूको जित सुनिश्चित गर्न रणनीति तय गरेर जाने गठबन्धनमा रहेका दलहरूको तयारी छ।